पूर्वमिस नेपाल शृंखला खतिवडाले यौन हिंसाको सिकार हुनुपरेको बताएकी छन्।
महिला सशक्तिकरणसम्बन्धी विभिन्न गतिविधिमा सक्रिय उनले भोग्नुपरेको यौन हिंसाबारे बोलेकी हुन्।
महिलाहरु विभिन्न कारणले यौन हिंसाको सिकार हुने गरेका छन्।
‘बाल्यकालमा म आफै यौन हिंसाको सिकार भएकी थिएँ। म ह्यारासमेन्टको सिकार भएको थाहा पाउन धेरै समय लाग्यो,’ उनले भनिन्,‘महिलाहरु कतै पनि सुरक्षित छैनन्।’ यो खबर आजको नागरिक दैनिकमा छापिएको छ।
सामाजिक सञ्जालमा सक्रिय पूर्वमिस नेपाल खतिवडा पुरुष र महिलाको विभेद कम नहुन्जेल महिला र बालिकामाथि हुने यौन हिंसामा कमी नआउने बताउँछिन्।
‘मलाई परिवारले छोरा र छोरीबीचको भेदभावको महसुस गर्न दिएन्। तर, हाम्रो समाजमा छोरा र छोरीमा हुने भेदभावले यौन हिंसालाई प्राथमिकता दिने गरेको छ।’
3
Shares

प्रतिक्रिया