ad ad

राजनीति


जनताले दिन्छन्, एमालेले शानदार बहुमत ल्याउँछ : केपी ओली

जनताले दिन्छन्, एमालेले शानदार बहुमत ल्याउँछ : केपी ओली

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १६:३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ को निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन्। 

उनले अहिले १५० सिट जित्ने गरी एमाले चुनावी अभियानमा होमिएको पनि बताएका छन्। 

‌‌ओलीले प्रत्यक्षतर्फ एमालेले ९० देखि सय सिटसम्म ल्याउन सकेमा बहुमत पुग्ने बताए। 

'बहुमत आउन सम्भव नहुने कुरै छैन। प्रतिनिधिसभामा २७५ सिट छ, त्यसमा १३८ आए बहुमत हुन्छ। १५० सिटको गन्त्वयसहित हामी निर्वाचनमा गएका छौँ', उनले भने, 'एमालेका काम जनताले देखेका छन। टनेल युगमा लगका छौँ, सानो भए पनि अन्तरिक्षमा भूउपग्रह पठायौँ। पानी जहाज र रेलको कुरा गर्दा मजाक गरे। तर म आफैं रेल चढेर आएँ, विरोध गर्नेहरु ट्वाँ परेका छन्।' 

उनले समानुपातिकतर्फ एमालेलाई ५१ प्रतिशत लोकप्रिय मत दिए बहुमत पुग्ने बताए। 'प्रत्यक्षमा ९० देखि १०० र समानुपातिकमा ५१ प्रतिशत दिए केही हुँदैन। देशमा स्थिरता हुन्छ', उनले भने, 'यस पटक जनता ओइरिएका छन्। राष्ट्रयमा स्थिरता र स्थायित्वको मिशन हो यो। पार्टी प्रवेशको लहर चलेको छ बहुमत नल्याउने कुरै छैन।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .