ad ad

राजनीति


शिक्षक, कर्मचारीदेखि वडाअध्यक्ष र भूमि आयोगका अध्यक्षसम्मलाई स्पष्टीकरण

शिक्षक, कर्मचारीदेखि वडाअध्यक्ष र भूमि आयोगका अध्यक्षसम्मलाई स्पष्टीकरण

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १५:५५, काठमाडौँ

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै शिक्षक, कर्मचारी, वडाअध्यक्ष र राष्ट्रिय भूमि आयोगमा जिल्ला अध्यक्षसमेतलाई स्पष्टीकरण सोधेको छ। 

पदीय आचरणको ख्याल नगरी दल र उम्मेदवारको चुनाव प्रचारमा सक्रिय रहेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।

भूमि आयोगका पर्वतका अध्यक्ष उदय सुवेदीलाई स्पष्टीकरण
आयोगले राष्ट्रिय भूमि आयोग, पर्वतका अध्यक्ष उदय सुवेदीलाई राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण मागेको छ ।

सुवेदीलाई आफ्नो पदीय दायित्व समेत ख्याल नगरी लगातार निर्वाचनसम्बन्धी दलका बैठक, कार्यक्रम र भेला लगायतमा सहभागी भएको भन्ने समेत व्यहोराको उजुरी आयोगमा प्राप्त भएकाले २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय पर्वतमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनिएको छ।

निर्वाचन आचारसंहिताको दफा ७ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने’ व्यवस्था छ ।

कुश्मा नगरपालिका–९ का अध्यक्ष राम शर्मा लामिछानेलाई स्पष्टीकरण
 यस्तै, आयोगले पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ का अध्यक्ष राम शर्मा लामिछानेलाई आफू बहाल रहेको स्थानीय तहमा राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण मागेको छ।

लामिछानेलाई आफ्नो पदीय दायित्व समेत ख्याल नगरी लगातार निर्वाचन सम्बन्धी दलका बैठक, कार्यक्रम र भेला लगायतमा सहभागी भएको भन्ने समेत व्यहोराको उजुरी आयोगमा प्राप्त भएकाले निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय पर्वतमा प्राप्त हुने गरी २४ घण्टाभित्र जवाफ दिन स्पष्टीकरण सोधिएको हो।

शाखा अधिकृत मनोजकुमार यादवलाई स्पष्टीकरण
त्यसैगरी निर्वाचन आयोगले सप्तरीको राजविराज नगरपालिकाका शाखा अधिकृत मनोजकुमार यादवलाई राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण मागेको छ।

यादवविरुद्ध सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं। २ का उम्मेदवार उपेन्द्र यादवको प्रचारप्रसार गरेको भनी उजुरी परेको सन्दर्भमा आयोगले स्पष्टीकरण सोधेको हो।

प्रधानाध्यापक अनन्तलाल भण्डारीलाई स्पष्टीकरण
यस्तै, आयोगले महेन्द्र आदर्श नमूना माध्यमिक विद्यालय, मुसिकोटका प्रधानाध्यापक अनन्तलाल भण्डारीलाई स्पष्टीकरण सोधेको छ। 

एकीकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेको तथा निर्वाचन घोषणा भएपश्चात चुनावी कार्यक्रम तथा बैठकमा सहभागी हुँदै आएकोले भण्डारीलाई तत्काल कारबाही गरियोस भन्ने समेत व्यहोराको उजुरी आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .