ad ad

राजनीति


ओली भन्छन् : अब घरघरमा ग्यास होइन, देशमै उत्पादित बिजुली

ओली भन्छन् : अब घरघरमा ग्यास होइन, देशमै उत्पादित बिजुली

घोषणा पत्र सार्वजनिक कार्यक्रममा ओली। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १५:५२, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब नेपालीका घर घरमा आयातित ग्यास होइन, नेपालमै उत्पादित बिजुली पुर्‍याउने बताएका छन्। 

आगामी मंसिर ४ गतेको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रमलाई मंगलबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हु्न्।

'मैले २०७२ सालमा नाकाबन्दी लागेर काठमाडौंमै दाउराबाट खाना पकाउने बाध्यता भएकाले उक्त कुरा बोलेको थिएँ। त्यसबेला घरघरमा ग्यास चुल्लाहामा पुर्‍याउँछु भनेको कुरा अब पुरानो भइसक्यो', उनले भने, 'नाकाबन्दी लागेको बेला राजधानीमा दाउरा तौलिएर बेच्नुपरिरहँदा तातोपानी खाने उपाय नभएकाले मैले त्यसो भनेको थिएँ। हामी कुनै समय ग्यास लाइन चुल्हा चुल्हामा पुर्‍याउन सक्छौँ भनेको थिएँ।'

उनले अब आयातित ग्यास घर घर पुर्‍याउने नभइ देशमै उत्पादित बिजुली पुर्‍याउने पनि बताएका छन्। 'अब ग्यासभ्दा विद्युत्मा हामी फोकस हुन्छौँ', उनले भने, 'अब सवारीसाधान पनि बिजुलीबाट चल्ने चलाउनुपर्छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .