राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी घोषणा पत्रमार्फत् किसानको खेत–खेतमा बिजुली व्यवस्था मिलाउने प्रतिवद्धता जनाएको छ।
राप्रपाको सोमबार सार्वजनिक चुनावी घोषणा पत्रमा ‘कृषि तथा पशु, खाद्यान्न सुरक्षा’ शीर्षकअन्तर्गत किसानको खेत–खेतमा बिजुली व्यवस्था मिलाउने प्रतिवद्धता जनाइएको हो।
घोषणा पत्रमा कृषि कार्यका लागि खपत भएको विद्युत महशुलमा अनुदान दिइने पनि उल्लेख गरिएको छ।
‘सिंचाइः दिगो सिंचाइ प्रणाली–दिगो विकास’ अन्तर्गत राप्रपाले भूमिगत जलस्रोतमा आधारित स्यालो तथा डिप ट्युबवेल कार्यक्रमलाई प्राथमिकता दिने, कृषिका लागि सौर्य उर्जा एवमु अन्य प्रविधिमा आधारित भूमिगत तथा लिप्mट सिंचाइ प्रणालीको विकास गर्ने पनि प्रतिवद्धता जनाएको छ।
15
Shares
प्रतिक्रिया