ad ad

राजनीति


सन्दीपविरुद्ध मुद्दा दर्ता, अदालतमा उपस्थित गराइँदै

सन्दीपविरुद्ध मुद्दा दर्ता, अदालतमा उपस्थित गराइँदै

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
कात्तिक १४, २०७९ सोमबार १२:५७, काठमाडौँ

सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। मुद्दा दर्ता भएसँगै लामिछानेलाई अदालत लगिँदै छ।

बलात्कार मुद्दामा हिरासतमा रहेका लामिछानेविरुद्ध १२ वर्ष कैद मग गर्दै अदालतमा मुद्दा दर्ता भएको हो। 

सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणि नेउपानेले मुद्दा दर्ता भएको जानकारी दिए। उनलाइ थुनछेक बहस भाेलि हुने बताइएकाे छ। लामिछानेलाइ आज अदालत उपस्थित गराइनेछ।

यसअघि प्रहरीले उनीविरुद्ध परेको मुद्दाको अनुसन्धान सकिसकेको छ।  

प्रहरीले प्रतिवेदन तयार गरेर बुझाइ सकेको भए पनि अदालतमा पुग्न केही समय लाग्ने भएपछि उनलाई हिरासतमा राख्ने समय थपिएको थियो। पहिलोपटक ७ दिन र दोस्रो पटक ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।

सन्दीपविरुद्ध प्रहरीमा भदौ २१ गते जाहेरी परेको हो। त्यतिबेला क्रिकेट खेल्न केन्या पुगेका उनी असोज २० गते आत्मसमर्पण गर्न नेपाल फर्किएका थिए। त्यतिबेला उनलाई विमानस्थलबाटै पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .