राजनीति


माओवादी, एकीकृत समाजवादी र राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्दै, के छन् एजेण्डा?

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषय उठाउँदै माओवादी
माओवादी, एकीकृत समाजवादी र राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्दै, के छन् एजेण्डा?

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०७९ सोमबार ७:२०, काठमाडौँ

आगामी ४ मंसिरमा हुने प्रतिनिधिुसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरुले धमाधम घोषणापत्र सार्वजनिक गर्न थालेका छन्। सत्तारुढ दल नेपाली कांग्रेसले गत शनिबार आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेको छ। 

सत्तारुढ अर्को घटक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछन्। 

माओवादीले केन्द्रीय कार्यालय पेरिसडाँडाबाट सोमबार दिउँसो ३ बजे चुनावी 'प्रतिवद्धतापत्र’ सार्वजनिक गर्न लागेको हो। 

माओवादीले ‘राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति’को कुरा समेटेर प्रतिवद्धतापत्र ल्याउँदैछ।

एकीकृत समाजवादीले पनि सोमबार दिउँसो १ बजे आलोकनगरस्थित पार्टी कार्यालयबाट घोषणापत्र सार्वजनिक गर्दैछ।

एकीकृत समाजवादी महासचिव वेदुराम भुसालका अनुसार अध्यक्ष माधवकुमार नेपालले उक्त घोषणा पत्र सार्वजनिक गर्ने छन्। समाजवादीमा उपमहासचिवत्रय प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेलले घोषणापत्र निर्माणको जिम्मेवारी लिएका थिए। घोषणपत्रको नारा ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक समाजिक रुपान्तरण र समृद्धि समाजवादको आधार’ राखेको छ। 

राप्रपाले पनि सोमबार घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार सोमबार साढे ११ बजे नयाँ बानेश्वरस्थित पार्टी प्यालेसमा घोषणापत्र सार्वजनिक गरिँदैछ।

राप्रपाले घोषणापत्रमा पूर्णसमानुपातिक निर्वाचन प्रणाली, सांसदले मन्त्री हुन नपाउने, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, अभिभावकीय संस्थाका रूपमा राजा, प्रदेश खारेजी, बलियो केन्द्र र सबल स्थानीय तह भएको दुई तहको संरचनामा जोड दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad