ग्लोबल


विश्वव्यापी भोकमरीको जोखिम बढाउँदै रुस

विश्वव्यापी भोकमरीको जोखिम बढाउँदै रुस

नेपालखबर
कात्तिक १४, २०७९ सोमबार ७:३२, काठमाडौँ

करिब दश महिनाअघि क्रेमलिनले युक्रेनको असैनिकीकरणविरुद्ध विशेष सैन्य अभियान घोषणसँगै किभमाथि आक्रमण गरेपछि विश्वव्यापीरूपमा खाद्यान्न सुरक्षा जोखिम बढिरहेका बेला युक्रेनी अनाज आपूर्ति चक्रमा अवरोध नगर्न संयुक्त राष्ट्रसङ्घसँगको मध्यस्थतामा गरिएको सम्झौता रूसले अस्वीकार गर्ने जनाएपछि संसारभर भोकमरीको जोखिम बढाएको छ। 

रुसले युक्रेनको अन्न सम्झौता निलम्बन गरेकोमा विश्वव्यापी चिन्ता सुरुभएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी अन्न बोक्ने जहाजहरूलाई सुरक्षित मार्ग नदिएकामा आपत्ति जनाउँदै त्यसलाई क्रेमलिनको अर्थहीन एवम् अपमानजनक कदम भनेका छन्। 

युक्रेनले कब्जा गरेको क्राइमियाको तटमा रसियाको ब्ल्याक सीमा शनिबार ड्रोन हमला गरेको आरोप लगाउँदै रूसले  सम्झौता नमान्ने बताएको छ। तीन सय ९७ पानी जहाजबाट ९० लाख टन अन्न आपूर्तिमा अवरोध नगर्ने राष्ट्रसङ्घसँगको सम्झौता भङ्ग गरेकामा अमेरिकी राष्ट्रपतिले क्रेमलिनको कदम अपमानजक भएको बताएका छन्। 

युक्रेनको बन्दरगाहबाट अनाजले भरिएका एक सय ७६ वटा जहाजलाई गन्तव्यतर्फ जान दिइएको छैन। 

सत्तरी लाख उपभोक्ताको खाना रोकेकामा तीव्र रोष प्रकट गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसका केही मुट्ठीभर मानिसले इजिप्ट वा बङ्गलादेशका मानिसको खानाको निर्णय गर्न नसक्ने बताएका छ। 

रुसको यो कदमको अन्तर्राष्ट्रियरूपमा निन्दा भइरहेको छ। युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले निर्णय फिर्ता लिन आग्रह गरेका छन्भने संयुक्त राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले विश्व संस्था राष्ट्रसङ्घ रूसी अधिकारीहरूसँग सम्पर्कमा रहेको बताएका छन्। उनले अनाज आपूर्तिका प्रयासमा कुनै पनि पक्षबाट बाधा पुर्‍याउन नहुनेमा जोड दिएका छन्। 

रूसले केही समयदेखि अनाज सम्झौताबाट बाहिरिने शर्तहरू राख्दै आएको थियो। उसले युक्रेनी नागरिक  र पूर्वाधारलाई लक्ष्य गरी आक्रमण गर्दै आएको छ।

विगत २४ घण्टामा रुसी मिसाइलले कम्तीमा पाँच जनाको ज्यान लिनुका साथै नौ जना घाइते भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। यो महिनाको सुरुमा युक्रेनको ऊर्जा केन्द्र, जल प्रवाह तथा उपयोग स्थल, प्रमुख आधारभूत पूर्वाधारमा मिसाइल र ड्रोन हमला गरेर परिस्थितिलाई भयावह तुल्याएको छ।

युक्रेनको पूर्वमा भीषण लडाइँ भइरहेको छ।  रुसले बाख्मुत शहर कब्जा गर्न खोजिरहेको छ र यस क्षेत्रका धेरै केन्द्र र गाउँमा आक्रमण जारी छन्। रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad