ad ad

राजनीति


चीनको आग्रहपछि कस्मिरको विषयमा राष्ट्रसंघ सुरक्षा परिषद्को वैठक बस्दै

चीनको आग्रहपछि कस्मिरको विषयमा राष्ट्रसंघ सुरक्षा परिषद्को वैठक बस्दै

नेपालखबर
पुस १, २०७६ मंगलबार ११:५२,

मंगलबार वैठक बस्ने राष्ट्रसंघका अधिकारीहरुलाई उदृत गर्दै अल्जाजिराले जनाएको छ।

गत अगष्टमा पाकिस्तानले पनि यसै विषयमा वैठक गर्नु पर्ने बताएपछि सुरक्षा परिषद्मा छलफल भएको थियो। मंगलबारको वैठक बन्द कोठामा हुने जनाइएको छ।

पाकिस्तानले बारम्बार कस्मिरको विषय अन्तर्राष्ट्रियकरण गरिनु पर्ने बताउँदै आएको छ।

भारतले जम्मु कस्मिरलाई दिँदै आएको विशेषाधिकार हटाएपछि पाकिस्तानले सुरुवात देखि त्यसको विरोध गर्दै आएको छ।

संविधानको धारा ३७० हटाएर भारतले मुस्लिम बाहुल क्षेत्र जम्मु कस्मिरलाई केन्द्र शासित बनाएपछि पाकिस्तानले यस कार्य मुसलमानलाई विलय गर्ने प्रयासको रुपमा हेरेको छ।

कस्मिरमा केन्द्र सरकारले मानवअधिकार उल्लंघन गरेका खबरहरु पनि सार्वजनिक भएका छन्।

पाकिस्तानपछि पाकिस्तानको सहयोगी राष्ट्र चीनले यस विषयमा छलफल गरिनु पर्ने भन्दै वैठक बस्न आग्रह गरेपछि सुरक्षा परिषद्मा कस्मिरको विषयमा वैठक बस्न लागेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .