ad ad

राजनीति


‘चितवनमा पिचैपिच छ, गोरखाबाट पनि धुलो हटाएर सबै सडक पिच गर्छु’

आर्थिक समृद्धि अभियान थाल्न गोरखा आएको दाबी
‘चितवनमा पिचैपिच छ, गोरखाबाट पनि धुलो हटाएर सबै सडक पिच गर्छु’

नेपालखबर
कात्तिक १३, २०७९ आइतबार १७:३९, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक समृद्धि अभियान थाल्न आफू गोरखा आएको बताएका छन्। 

गोरखाको निर्वाचन क्षेत्र नं. २ स्थित पालुङटार, पौवाटारमा आयोजित कार्यकर्तासँगको भेटघाटका क्रममा आइतवार बोल्दै उनले यस्तो बताएका हुन्। 

'अहिले संविधान पनि बनेको छ। स्थिरता र विकासतिर जाने पनि भनियो। तर संविधानमा हस्ताक्षर गरेका केही नेताहरुले च्यात्न खोजे, महिला र जनताको मौलिक अधिकार उल्ट्याउन खोजे', उनले भने, 'हामी स्थानीय तह निर्वाचनबाट प्रतिगमनितर लैजान खोज्नेलाई परास्त गर्यौँ। अहिले फेरि संविधान च्यात्न खोज्नेहरुको गठबन्धन बनेको छ। हिजोका दलाल सामान्त र दलालहरु छन् त्यहाँ ।देश टुक्राउन खोज्ने पनि त्यहाँ छन्। उनीहरुलाई फेरि परास्त गर्नुछ।'

उनले देशको आर्थिक समृद्धि अभियान थाल्न डा. बाबुराम भट्टराईसहितले गोरखा आउनुपर्छ भनेकाले आफू आएको बताए। 

'बाबुरामजी र हामी सबैले देशको राजनीतिक परिवर्तन बचाउने हो यसलाई सुदृढ गर्ने हो भने आर्थिक क्रान्ति हुनुपर्छ भन्ने निष्कर्ष निकाल्यौँ। विकास निर्माण र समृद्धिको नयाँ आर्थिक अभियान थाल्न यहाँ आएको हुँ', उनले भने, 'राजनीतिक क्रान्तिको अभियान पनि गोरखाबाट सुरु गरेका थियौँ। आर्थिक अभियान पनि गोरखाबाटै थाल्न आएको हुँ।'

उनले शनिबार र आइतवार धुलै धुलोको बाटोमा हिँडेर आफूले ४० वटा कार्यक्रम भ्याएको पनि बताएका छन्। 

'हामी पाँच वर्षअघि चितवनमा धुलैधुलोको बाटो हिँडेका थियौँ। आज गोरखामा आउँदा पनि धुलै धुलो रहेछ', उनले भने, 'पाँच वर्षअघि चितवनमा पनि धुलो थियो, अहिले पिचैपिच छ। गोरखाको यो धुलो पनि हटाएर पिचैपिच बनाउने छौँ। विकास र समृद्धिको नयाँ यात्रा थाल्न पाउँदा गर्व लागेको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .