ad ad

राजनीति


खगेन्द्र संग्रौला कांग्रेसी होइनन् तर थुप्रै कालो कांग्रेसका गुरु हुन् : गगन थापा

खगेन्द्र संग्रौला कांग्रेसी होइनन् तर थुप्रै कालो कांग्रेसका गुरु हुन् : गगन थापा

पुस्तक विमोचन कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा। तस्बिर : विशाल कार्की/नेपालखबर


नेपालखबर
कात्तिक १३, २०७९ आइतबार १७:५८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभाव हुनु जरुरी रहेको बताएका छन्। 

आइतवार काठमाडौंमा बेला पब्लिकेसन्सद्वारा प्रकाशित उज्ज्वल प्रसाईको पुस्तक ‘एक बागीः खगेन्द्र संग्रौलाको साधना र संघर्ष’ पुस्तक लोकापर्ण समारोहमा बोल्दै उनले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभावसँगै संगतको प्रभाव हुन आवश्यक रहेको बताए। 

उनले साहित्यकार संग्रौला आफूसरहका कांग्रेसी नेताहरुको पनि गुरु भएकाले उनको जीवन र साहित्य रचनाबाट हरेक नेपालीहरुले सिक्नुपर्ने कुराहरु धेरै रहेको बताए। 

महामन्त्री थापाले आफ्नो जीवनमा खगेन्द्र संग्रौलाले नै प्रश्न गर्न र अन्यायविरुद्ध लड्न सिकाएको बताए। 

उनले ‘एक बागीः खगेन्द्र संग्रौलाको साधना र संघर्ष’ पुस्तक खगेन्द्र संग्रौला व्यक्तिको जीवनमा आधारित नभइ समय र समाजले बुझ्नुपर्ने कुराहरु समेटेको पाएको बताए।

‘खगेन्द्र संग्रौला काँग्रेस त हुँदै होइन, त्यसमाथि कालो कांग्रेस हुने कुरै भएन। तर मेरो उमेरसमूहका थुप्रै कालो कांग्रेसीले खगेन्द्र संग्रौलालाई गुरु मान्छन्', उनले भने, 'प्रश्न गर्न र बागी हुन हामीलाई खगेन्द्र संग्रौलाले सिकाउनु भयो। उहाँसँग चिया खाँदासमेत धेरै कुरा सिकेँ। व्यक्तिको सोचमा समय र समाजको प्रभाव त हुन्छ तर संगतको प्रभाव पनि हुन्छ।’

महामन्त्री थापाले साहित्यकार संग्रौलाका पुस्तकमा समेटिएका हरेक शब्दहरुले समाजको यथार्थता र समयको मागलाई सम्बोधन गर्ने पाएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .