राजनीति


भक्तपुरलाई अब ‘महानगरपालिका’ बनाउँछौं : महेश बस्नेत

भक्तपुरलाई अब ‘महानगरपालिका’ बनाउँछौं : महेश बस्नेत

नेपालखबर
कात्तिक १३, २०७९ आइतबार ७:५३, काठमाडौँ

नेकपा एमालेको पोलिटब्युराे सदस्य महेश बस्नेतले अब भक्तपुरलाई महानगरपालिका बनाउने गरी अगाडी बढेको बताएका छन्। 

शनिबार राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीले सूर्यविनायक नगरपालिका – १ मा आयोजित चुनावी कार्यक्रममा बोल्दै नेता बस्नेतले भक्तपुरलाई महानगरपालिका बनाउन आवश्यक पर्ने भौतिक तथा अन्य संरचनाहरुको निर्माण प्रकृया अगाडी बढिरहेको जानकारी गराए।

‘महानगरपालिका बनाउन आवश्यक पर्ने सम्पूर्ण प्रकारका भौतिक संरचना तथा अन्य आवश्यक कार्यहरु एक पछि अर्को गर्दै भक्तपुरमा निर्माणको क्रममा रहेका छन्,’ बस्नेतले भने, ‘अबको हाम्रो योजना भनेको नै भक्तपुरलाई सुविधासम्पन्न महानगरपालिका बनाउने हो। जनताको जीवनस्तर उच्च बनाउने हो।’

बस्नेत भक्तपुर क्षेत्र नं. २ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार समेत हुन्।

महानगरपालिका बनाउन आवश्यक पर्ने भौतिक संरचनाहरु सडक, शिक्षा, स्वास्थ्य, शिक्षा, खेलमैदान, खुल्ला स्थल, होटल तथा पर्यटकीय स्थलहरुको जिल्लामा व्यापकमात्रामा विकास र विस्तार भइरहेको सविस्तार उल्लेख गर्दै उनले भक्तपुरको जनताको र समयको माग अनुसार महानगरपालिका बनाउने दृढ संकल्पका साथ एमाले र एमालेका उम्मेदवारहरु अगाडी बढिसकेको दाबी गरे। 

जिल्लालाई भ्रष्टाचारमुक्त बनाउने अभियान चलाई रहेको उल्लेख गर्दै उहाँले अबका दिनमा जिल्लामा नै रोजगारीको सिर्जना गर्न व्यापकमात्रामा औद्योगिकरणको योजना अगाडी बढाईको जानकारी दिए।

भक्तपुरलाई महानगरपालिका बनाउने लक्ष्यका साथ स्मार्ट सिटी, आधुनिक सभागृह, आधुनीक वीर अस्पताल, कवोर्ड हल, रंगशाला लगायतका योजनाहरु पनि अगाडी बढिसकेको उनले बताए। 

पर्यटकीय, धार्मिक, सांस्कृतिक, कलालगायतका क्षेत्रहरुलाई उद्योगसँग जोड्नुपर्नेमा उनको जोड थियो। नेता बस्नेतले अब जिल्लाका प्रत्येक घरबाट कम्तिमा एक जना मास्टर्स डिग्री पास गरेको मानिसहरुको बौद्धिक समुदायको जिल्लाको रुपमा विकास गराउने आफ्नो योजना रहेको सुनाए। 

जिल्लामा रहेका बौद्धिक वर्गको आवाजलाई संघ तथा प्रदेशको नीति निर्माणमा प्रयोग गर्नुपर्ने अबको आवश्यकता रहेको औंल्याउँदै उनले नेपालका विभिन्न जिल्लाको नागरिकको खोजिको रुपमा मात्र नभई विश्वभरका नागरिकको अध्ययन क्षेत्रको रुपमा भक्तपुरको विकास गर्ने प्रतिवद्धता जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .