ad ad

राजनीति


सार्वजनिक पदका व्यक्तिले सम्पति विवरण सार्वजनिक गर्नैपर्ने कानुन ल्याउँछौं : कांग्रेस

सार्वजनिक पदका व्यक्तिले सम्पति विवरण सार्वजनिक गर्नैपर्ने कानुन ल्याउँछौं : कांग्रेस

नेपालखबर
कात्तिक १२, २०७९ शनिबार १२:४५, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसले हरेक सार्वजनिक निकायका अधिकारीहरूले प्रत्येक वर्ष सम्पत्ति विवरण सार्वजनिक गर्ने बाध्यकारी कानुन जारी गर्ने प्रतिवद्धता जनाएको छ। 

आगामी चुनावको घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले सो प्रतिवद्धता जनाएको हो। 

‘अव्यवस्थालाई सुव्यवस्थामा बदल्ने हाम्रो प्रतिबद्धता हरेक सार्वजनिक निकायका अधिकारीहरूले प्रत्येक वर्ष सम्पत्ति विवरण सार्वजनिक गर्ने वाध्यकारी कानून जारी गर्ने छौं,’ कांग्रेसले घोषणापत्रमा भनेको छ। 

जनसरोकार एवं सेवा प्रवाहसम्वन्धी तीनै तहका सरकारका कार्यालयमा हुँदै आएका विकृति–विसंगति, भ्रष्टाचार, ढिलासुस्ती र झण्झटिलो अवस्थाको अन्त्य गरी प्रभावकारी, कार्यमूलक र सेवामुखी बनाउँदै आधुनिक प्रविधिको प्रयोग गरी सरल, सहज र छिटोछरितो सेवा उपलब्ध गराउने पनि कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .