राजनीति


चिनियाँ राजदूत भन्छिन् : नेपालमा बस्दा पाएको माया र अनुभव लिएर जाँदैछु

चिनियाँ राजदूत भन्छिन् : नेपालमा बस्दा पाएको माया र अनुभव लिएर जाँदैछु

फाइल तस्बिर


नेपालखबर
कात्तिक ८, २०७९ मंगलबार १३:४२, काठमाडौँ

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर घर फर्किँदैछिन्। 

सामाजिक सञ्जाल ट्विटरमा मंगलबार एक सन्देश छाड्दै राजदूत यान्छीले आफूले थपिएको एक वर्षे कार्यकाल पूरा गरि छिमेकी देश (नेपाल) बाट बिदा हुन लागेको जानकारी दिएकी छन्। 

उनले उक्त सन्देशमा नेपालमा रहँदा पाएको माया र सद्भा‍वका लागि नेपालीलाई धन्यवाद दिएकी छन्। 

यान्छीले सुन्दर देश नेपालमा बस्दा आफूले आनन्द महसुस गरेको बताउँदै यहाँको अनुभव र माया बोकेर जान लागेको उल्लेख गरेकी छन्। 

चीन सरकारले यान्छीलाई नेपालको कार्यकाल पूरा गरेपछि बढुवा गरी दक्षिण पूर्वी एसियाली देशहरूको संगठन आसियान हेर्ने गरी इन्डोनेसियाको राजदूत बनाएको छ।

यान्छी फर्किएपछि नेपालका लागि नयाँ राजदूतबारे चीनले केही टुंगो गरिसकेको छैन। यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि राजदूत भएर आएकी थिइन्। 

उनले चीन फर्किनुअघि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासहितलाई बिदाइ भेट गरेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .