राजनीति


प्रचण्डको गुनासो : ओलीलाई संसदीय दल र पार्टीबाट निकाल्यौँ, तर अझै संघर्ष गर्नुपर्दैछ

प्रचण्डको गुनासो : ओलीलाई संसदीय दल र पार्टीबाट निकाल्यौँ, तर अझै संघर्ष गर्नुपर्दैछ

नेपालखबर
कात्तिक ७, २०७९ सोमबार १४:१०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा संघीयता र गणतन्त्र सम्भव छैन भन्नेहरुसँग अहिले पनि संघर्ष भइरहेको बताएका छन्। 

सत्ता गठबन्धनले सोमबार काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यसो भनेका हुन्। 

'नेपालमा संघीयता र गणतन्त्र सम्भव छैन राजतन्त्र फ्याँक्न सकिँदैन भन्ने हरु पनि थिए', नेकपा एमालेका अध्यड्ढक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै उनले भने, 'तिनीहरुको राजावादी र सामान्तवादीसँग उठबस छ। गोरुगाडावाला सिद्धान्त भएका मान्छेले पनि संविधान स्वीकारे भनेका थियौँ। तर नकाव लगाए जस्तो गरेर गणतन्त्र र संघीयता स्वीकारेको रहेछन्।'

उनले कम्युनिष्टहलाई एक ठाउँमा पार्ने भनिए पनि ओलीले छलछाम गरेर भाँडिएको बताएका छन्। 

'यथास्थितिवादीहरुले संघीयता गणतन्त्र र लोकतन्त्र उल्ट्याउन खोजे', उनले भने, 'मंसिर ४ मा दुई विचारको भिडन्त हुँदैछ, महासंग्राम हुँदैछ।' 

दाहालले नेकपा रहँदा दुईतिहाइ बहुमत आफूहरुको पक्षमा पारेर ओलीलाई दलको नेता र पार्टीबाट पनि निकालेको स्मरण गरे। तर ओलीसँग अझै पनि संघर्ष चलिरहेको उनले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad