राजनीति


निर्वाचन नहुँदै रविको पार्टीले माग्यो दलको नेतालाई आवेदन

निर्वाचन नहुँदै रविको पार्टीले माग्यो दलको नेतालाई आवेदन

फाइल तस्बिर


नेपालखबर
कात्तिक ६, २०७९ आइतबार १९:९, काठमाडौँ

मंसिर ४ को निर्वाचन आउन अझै २८ दिन बाँकी छ। तर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेताका लागि सूचना नै निकालेको छ।

लामिछाने सभापति रहेको यो पार्टीले मंसिर ४ को निर्वाचनका लागि प्रतिनिधिसभामा मात्रै उम्मेदवारी दिएको छ।

उक्त पार्टीका महामन्त्री एवम् उम्मेदवार छनौट समितिका प्रमुख डा. मुकुल ढकालले शनिबार एक सूचना निकाल्दै संसदीय दलको नेताका लागि आवेदन मागेका हुन्। 

सामन्यत: दलहरुले निर्वाचन परिणाम आइसकेपछि संसदको यात्रा तय गरेकाहरुबाट दलको नेता छान्ने चलन छ।

तर राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनअघि नै दलको नेता छान्न आवेदन मागेको हो।

'राष्ट्रिय स्वतन्त्र पार्टीको विधानको धारा ७१ (१) बमोजिम प्रतिनिधिसभा संसदीय दलको नेता छनौट गर्न हुने प्रारम्भिक निर्वाचनमा समानुपातिक र प्रत्यक्षतर्फ छनौट हुनुभएका उम्मेदवारमध्ये संसदीय दलको नेताको उम्मेदवारी दिन इच्छुक उम्मेदवारहरुले पार्टीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुहुन सूचित गरिन्छ।'

यो पार्टीले सोमाबर साँझ ५ बजेसम्म दलको नेताका लागि इच्छुकहरुलाई आवेदन दिन भनेको हो। तर दलको नेता मंसिर ४ पछि या अघि नै छान्ने कुरा पक्का भएको छैन।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर ३ बाट उठेका छन्। यो दलका अन्य नेता पनि देशका विभिन्न भागका चुनावी मैदानमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad