नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार निर्मूल गर्नुपर्ने नागरिकको चाहना पूरा गर्ने आफ्नो पहिलो दायित्व भएको बताएका छन्।
राजधानीमा आज बिहान बिहान आयोजित चुनावी कार्यक्रममा बोल्दै नेता सिहले उक्त कुरा बताएका हुन्।
‘जतासुकै भ्रष्टाचार व्याप्त छ, कहीँ सुशासन छैन, जहाँ जाऊँ अस्तव्यस्त छ, अब यसलाई समाधान गर्न नसके झन् विकराल अवस्था आउँछ’, उनले भने, ‘यसैले मुलुक निर्माणको आफ्नो पहिलो प्राथमिकता भ्रष्टारचार नियन्त्रण र सुशासन दिलाउनु हो।’
नेता सिंहले प्रशासनिक प्रक्रिया झन्झटिला भएकालेसमयमा कहीँ काम नहुने र भनसुन गर्नुपर्ने अवस्थाका अन्त्य गर्नु आफ्नो प्राथमिकता रहेको बताए।
राजनीतिक स्थायित्व हुँदा मात्रै सुशासन र विकास निर्माण अघि बढ्ने उल्लेख गर्दै उनले यसपटकको निर्वाचनमा विचार पुर्याएर मत हाल्न नागरिकलाई आह्वान गरे।
यस पटकको निर्वाचन मुलुकमा राजनीतिक स्थिरता चाहने र नचाहनेबीचको प्रतिस्पर्धा भएको उल्लेख गर्दै नेता सिंहले अब जनताले निर्णय गर्ने समय आएको बताए।
युवाहरूमा आशा जगाउन मुलुकभित्र काम गरेर घरपरिवारमा रमाउने वातावरण निर्माणका लागि आवश्यक काम आफूले गरिरहेको दाबी पनि उनले गरे।
Shares
प्रतिक्रिया