ad ad

राजनीति


कांग्रेस नेता बलायरलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

कांग्रेस नेता बलायरलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार १६:३३, काठमाडौँ

निर्वाचन आयोगले नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरलाई स्पष्टीकरण सोधेको छ। 

कैलाली क्षेत्र नं. ४ (क) मा बिहीवार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा आयोग र आयोगका पदाधिकारीमाथि लाञ्छनापूर्ण अभिव्यक्ति दिएको भन्दै आयोगले शुक्रबार उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो। 

‘तपाईंले आफ्नो निर्वाचन क्षेत्रमा गत बिहीवार आयोजित कार्यक्रममा निर्वाचन आयोग नेपाल र यसका पदाधिकारीहरु उपर लाञ्छनापूर्ण अभिव्यक्ति दिनुभएको सूचना र सोलाई पुष्टी गर्ने सामग्री आयोगमा प्राप्त भइसकेको सन्दर्भमा तपाईंले उक्त अभिव्यक्ति दिनु भएको होइन भन्ने आधार र प्रमाण के छ?,’ आयोगले बलायरलाई सोधेको छ। 

उनलाई आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालय कैलालीमा स्पष्टीकरण पेश गर्न भनेको छ।

बलायरले बिहीबारको चुनावी सभामा भनेका थिए, ‘नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले रौतटहको चुनावी सभालाई सम्बोधन गर्दै बोलेको सामान्य शब्दलाई लिएर निर्वाचन आयोगले पत्र काट्यो। हामीले इमान्दारपूर्वक निर्वाचन आयोगको आचारसंहितामा हस्ताक्षर गरेका छौँ। उल्लंघन गर्दैनौँ र गर्न पनि दिँदैनौँ। तर, केपी ओलीको इशारामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उच्छृङखल गतिविधि गर्दैछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .