ad ad

ग्लोबल


इमरान खानलाई चुनाव लड्न पाँच वर्ष लामो प्रतिबन्ध

प्रधानमन्त्री हुँदा आएका उपहार लुकाएको आरोप
इमरान खानलाई चुनाव लड्न पाँच वर्ष लामो प्रतिबन्ध

फाइल तस्बिर


नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार १६:३३, काठमाडौँ

पाकिस्तानको चुनाव आयोगले उपहारसम्बन्धी एक मामिलामा पूर्वप्रधानमन्त्री इमरान खानलाई पाँच वर्षसम्म चुनाव लड्न नमिल्ने गरी प्रतिबन्ध लगाएको छ। 

इमरानलाई पाँच वर्षका लागि संसदीय राजनीतिमा सामेल हुन अयोग्य घोषित गरेको आयोगले संसद सदस्यता पनि रद्द गरिदिएको छ। 

चुनाव आयोगको यस निर्णयका कारण इमरान अबको पाँच वर्षसम्म चुनाव लड्न अयोग्य भएका छन्।

चुनाव आयोगले इमरान खानले सत्तामा हुँदा जुन उपहार बुझेका थिए, तीबारेमा सरकारी अधिकारीहरुलाई जानकारी नदिएको जनाएको छ।

इमरान खानका वकील गौहर खानले भने, 'पाकिस्तानको चुनाव आयोगले इमरान खानमाथि उपहार हिनामिना आरोप लगाएको छ। हामी यस निर्णयविरुद्ध इस्लामाबाद हाई कोर्टमा चुनौती दिन जाँदैछौँ।'

यसअघि चुनाव आयोगले उपहार मामिलामा आफ्नो निर्णय १९ सेप्टेम्बरलाई तय गरेको थियो। यसबारेमा आयोगले इमरान खानसमेत सबै पार्टीलाई सूचना पठाएको थियो।

संवैधानिक रूपमा चुनाव आयोग ४ नोभेम्बरभन्दा अघि नै यस मामिलाबारे निर्णय दिन बाध्य थियो। 

पाकिस्तानको तहरिक-ए-इन्साफको सरकार ढलेपछि वर्तमान गठबन्धन सरकारका सदस्योको अनुरोधमा नेशनल एसेम्बलीका सभामुख राजा परवेज अशरफले ४ अगस्टमा संविधानको अनुच्छेद ६३ (२) अनुसार चुनाव आयोगलाई यसबारे विचार गर्न भनेको थियो।

प्रधानमन्त्री शहबाज शरिफको पार्टी मुस्लिम लीग (नवाज) का नेता ब्यारिस्टर मोहसिन नवाज रान्झाले संविधानको अनुच्छेद ६३ (२) अनुसार नेशनल एसेम्ब्लीका सभामुखसमक्ष इमरान खानविरुद्ध यो मामिला उठाएका थिए। 

उनले इमरान खानले प्रधानमन्त्री पदमा रहँदा कयौँ उपहार लिएका बताउँदै चुनाव आयोगमा बुझाएको सम्पत्तिको घोषणा ती कुरा नखुलाएको उल्लेख गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .