लेखक तथा राजनीतिक विश्लेषक युग पाठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा देशमा दक्षीणपन्थ हावि भएका कारणले आफू त्यसलाई अन्त्य गराउन निर्वाचनमा भाग लिन लागेको बताएका छन्।
ओलीसँग चुनाव लड्दा आफ्नो विचार चहकिलो हुने कारण झापा ५ नै रोजेको पाठकले बताए।
‘नेपाली जनतालाई आजको यो अवस्थामा ल्याउने पात्र को? भन्दा केपी ओली हो।, उहाँसँग भिड्दा मात्र मेरो विचार चहकिलो हुन्छ।’ पाठकले नेपालखबरसँगको कुराकानीका क्रममा भनेका छन्।
राजनीतिलाई दक्षीणपन्थको बक्सबाट समेत बाहिर निकाल्नका लागि आफूले झापा ५ नै रोजेर निर्वाचन लड्न लागेको बताए।
‘नयाँ काम थाल्नका लागि झापा छ रोजेको हुँ, नेपालखबरसँगको कुराकानीका क्रममा पाठकले भने, ‘देशभरबाट मध्ये झापा ५ मा नयाँ विचारसहितको काम चुनावको मार्फतबाट थाल्न लागेको हुँ।’
नेपाली जनतालाई आजको अवस्थामा ल्याउने प्रमुख पात्र नै ओली भएको पाठकको दाबी छ।
उनले भने, ‘झापा ५ बाट पूर्वप्रधानमन्त्री, एमाले अध्यक्ष अहिले परमपरागत राजनीतिक भाषामा स्वप्नदर्शी नेताले जितेको ठाउँ हो। अहिले उहाँ लड्नुहुन्छ हुँदैन थाहा छैन्। मैले किन त्यो रोजेको हो भने, संसदीय राजनीतिबारे लामो डिस्कोर्ष छँदैछ।’
हेर्नुस् भिडिओ वार्ताः
Shares

प्रतिक्रिया