नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा फ्री भिसा र फ्री टिकटको आश्वासन बाँड्ने केही नेताहरुलाई ठगको संज्ञा दिएका छन्।
उनले ती ठगहरुलाई कारबाही गर्नुपर्ने पनि बताएका छन्। बुधबार झापाको धुलाबारीमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमालेले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा बोल्दै उनल यसो भनेका हुन्।
मंगलबार रौतहटमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले फ्री भिसा र फ्री टिकट दिएर युवाहरुलाई विदेश पठाइने बताएका थिए।
त्यही भनाइलाई लक्षित गर्दै उनले त्यस्ता नेतालाई कारवाही गरिनुपर्ने बताएका हुन्।
बारा क्षेत्र नम्बर ४ प्रचार कार्यालयमा गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ 'किसान' ले उक्त क्षेत्रका युवाहरुलाई फ्री भिसा र टिकटको लोभ देखाएकोमा पनि उनले आपत्ति जनाए।
‘गठबन्धन कुशुलेका कठपुतली हुन् कसले नचाउँछ थाहा छैन', उनले भने, 'तर फ्री भीसा र फ्री टिकटको लोभ दिनेलाई कारवाही हुनुपर्छ।'
Shares

प्रतिक्रिया