ad ad

राजनीति


सत्यमोहनप्रति शोक प्रकट गर्न कात्तिक १ गते सार्वजनिक बिदा

सत्यमोहनप्रति शोक प्रकट गर्न कात्तिक १ गते सार्वजनिक बिदा

नेपालखबर
असोज ३१, २०७९ सोमबार १६:५७, काठमाडौँ

सरकारले कात्तिक १ गते (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

सोमबार सूचना प्रकाशित गरी गृह मन्त्रालयले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सार्वजनिक बिदा दिने जनाएको हो।

मन्त्रालयले जोशीको निधनको शोकमा ‘नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरु, विदेशस्थित कूटनीतिक नियोगहरुमा मिति २०७९ साल कार्तिक १ गते मंगलबार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको’ सूचनामा उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .