ad ad

राजनीति


चुनाव प्रचारमा प्रदीप पौडेल अघि-अघि

चुनाव प्रचारमा प्रदीप पौडेल अघि-अघि

नेपालखबर
असोज ३१, २०७९ सोमबार १५:२३, काठमाडौँ

काठमाडौं–५ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले घरदैलो सुरु गरेका छन्। 

घरदैलो अभियानका क्रममा सोमबार उनले काठमाडौं महानगरपालिका–४ मा पर्ने रिङरोड बाहिरको क्षेत्रमा घरदैलो गरेका छन्। नेता पौडेल देउडा गायक नन्दकृष्ण जोशीलाई साथमा लिएर उक्त क्षेत्रमा घरदैलो गरेका छन्। 

पौडेलले असोज २४ गतेबाट काठमाडौं महानगरपालिका–५ हाँडीगाउँबाट घरदैलो सुरु गरेका हुन्। पहिलो दिनको घरदैलो अभियानका क्रममा उनको हाँडीगाउँ जात्रामा सहभागी हुन पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसँग जम्का भेट भएको थियो।

काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ नम्बर वडाहरुको भूगोल समेटेर काठमाडौं–५ निर्धारण गरिएको छ। 

यो क्षेत्रबाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनाव लड्दै छन्। त्यस्तै रञ्जु दर्शना पनि चुनावी मैदानमा छिन्। 

२०७४ को निर्वाचनमा काठमाडौं–५ मा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलाई पराजित गर्दै पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनले कुल खसेको मतमध्ये २३ हजार २९ मत र डा महतले १३ हजार १६९ मत प्राप्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .