नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘सिंहदरबारको अधिकार गाउँमा’ पुर्याउने स्लोगनका आधारमा वर्तमान गठबन्धनले काम गर्ने दाबी गरेका छन्। सोमबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै सिंहले सो कुरा बताएका हुन्।
‘सिंहदरबारको अधिकार हरेक वडामा पुग्ने स्लोग्न अनुसार हामी काम गर्न चाहन्छौं। त्यही काम गर्नका लागि कांग्रेस नेतृत्वमा गठबन्धन बनेको हो।’ सिंहले भने।
काठमाडौं क्षेत्र नम्बर १ बाट गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका सिंहले १६ रोपनीभन्दा बढी जग्गा अनधिकृत रुपमा प्रयोग भएको उल्लेख गरे। सो अनधिकृत जग्गामा पार्क, भवन लगायतका संरचना बनाउने उनले बताए।
उनले आगामी ४ मंसिरमा हुने आम निर्वाचनमा गठबन्धनकै तर्फबाट संविधानलाई ट्र्याकमा लाने, संविधानलाई कार्यान्वयन गर्ने लगायतका काम हुने दाबी गरे।
Shares

प्रतिक्रिया