राजनीति


आम निर्वाचन : गोरखा केन्द्रीत हुन थाले प्रचण्ड, स्थानीयको स्वागत

आम निर्वाचन : गोरखा केन्द्रीत हुन थाले प्रचण्ड, स्थानीयको स्वागत

नेपालखबर
असोज २८, २०७९ शुक्रबार १०:२४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेका हुन्। उनी शुक्रबार बिहान धादिङ हुँदै गोरखा पुगेका हुन्। 

प्रचण्डले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गोरखा–२ बाट उम्मेदवारी दर्ता गराएका छन्। चितवन क्षेत्र नम्ब ३ बाट उम्मेदवारी दिने तयारी गरेका प्रचण्ड अन्तिम समयमा गोरखाबाट चुनाव लड्ने निर्णय लिएका हुन्। 

गोरखा–२ बाट उम्मेदवारी दर्ता गराएसँगै प्रचण्डले आफ्नो उपस्थिति पनि बाक्लो बनाउन थालेका छन्। 

मनोनयन दर्तापछि उनी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथमै लिएर शुक्रबार (२८ असोज) गोरखा पुगेका छन्। गोरखामा आयोजित केही कार्यक्रममा प्रचण्ड सहभागी हुने उनको सचिवालयले जानकारी दिएको छ।

 

तस्बिरहरु: प्रचण्डकाे सचिवालय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .