गैरसांसद गोविन्दप्रसाद शर्मा कोइराला मन्त्रीको ६ महिने अवधि पूरा गरेर सरकारबाट बिदा भएका छन्।
२०७८ चैत २४ गते कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेका गैरसांसद गोविन्दप्रसाद शर्मा कोइरालाले ६ महिनाभित्र संसदको सदस्यता लिन नसकेपछि सरकारबाट बिदा भएका हुन्।
सेना र माओवादीको सहयोगबिना शान्ति प्रक्रिया अघि बढ्न सक्दैन : कानुनमन्त्री (अन्तर्वार्ता)
उनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाको सहमतिमा कानुनमन्त्री बनाइएको थियो।
कानुनी छिद्रको प्रयोग गर्दै मन्त्री शर्मा सरकारबाट बिदा भएपछि उनले सम्हाल्दै आएको कानुन मन्त्रालय सञ्चारमन्त्रीलाई तोकिएको छ।
प्रधानमन्त्री देउवाले शर्मा बिदा भएपछि कानुन मन्त्रालयको कार्यभार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सम्हाल्ने गरी तोकेका छन्।
Shares

प्रतिक्रिया