निर्वाचन आयोगले नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई आचारसंहिता उल्लंघनका घटनाको सुक्ष्म अनुगमन गर्न निर्देशन दिएको छ।
आयोगले बिहीबार दुवै सुरक्षा निकायलाई आफ्ना स्थानीय संरचना परिचालन गरेर दल र उम्मेदवारबाट हुन सक्ने निर्वाचन आचारसंहिता उल्लंघनका घटनाको सुक्ष्म अनुगमन गर्न निर्देशन दिएको हो।
आयोगले प्रहरी अनुसन्धान विभागलाई दल र उम्मेदवारले निर्वाचनका क्रममा गर्ने खर्चका बारेमा पनि अनुगमन गर्न भनेको छ। आयोगले जारी गरेको सूचनामा अनुगमनको विवरण बुझाउन पनि भनिएको छ।
‘राजनीतिक दल तथा उम्मेदवारबाट हुन सक्ने निर्वाचन आचारसंहिता उल्लंघन तथा निर्वाचन खर्चका सम्बन्धमा आफ्ना स्थानीय संरचना परिचालन गरी सूक्ष्म अनुगमन गर्न र दल तथा उम्मेदवारबाट भए गरेको विवरण छुट्टाछुट्टै उल्लेख गरी आयोगमा उपलब्ध गराउन नेपाल प्रहरी र राष्ट्रिय अनुसनधान विभागलाई निर्देशन दिइएको छ,’ आयोगले भनेको छ।

Shares

प्रतिक्रिया