सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा 'ख' का उम्मेदवार विन्दमान विष्टले सुर्खेती जनताले अवसर पाएको बताएका छन्।
बुधबार बिहान वाम लोकतान्त्रिक गठबन्धन दलका उम्मेदवारको पत्रकार भेटघाट कार्यक्रममा उम्मेदवार विष्टले सुर्खेतका जनता लागि अवसरै अवसर भएको बताएका हुन्।
विष्टले यदि सुर्खेतका जनताले गठबन्धनका उम्मेदवारलाई मतदान गरेर जिताएको खण्डमा पदेश र संघको नेतृत्व पनि सुर्खेतबाट जितेका गठबन्धनका उम्मेदवारले गर्ने बताए।
उनले भने, 'सुर्खेतलाई यो पटक अवसरै अवसर छ। त्यसैले देश र प्रदेशको पनि नयाँ परिवर्तन हुनेछ। देश र प्रदेशको नेतृत्व अब सुर्खेतले गर्छ। पहुँच हामीसँग छ। यो अवसर सुर्खेती जनताले गुमाउनु हुन्न भन्ने विश्वास गरेका छौँ।'
विष्टले यदि सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा कांग्रेस उपसभापति पूर्णबहादुर खड्कले जितेमा प्रधानमन्त्री बन्न सक्ने दाबी गरे।
उनले यदि आफूले जितेमा कर्णाली प्रदेशकाे मुख्यमन्त्री बन्न सक्ने पनि संकेत गरे।
Shares

प्रतिक्रिया