ad ad

राजनीति


रेशमको उम्मेदवारी खारेजीपछि नागरिक उन्मुक्तिले उनका बुवालाई सघाउने

रेशमको उम्मेदवारी खारेजीपछि नागरिक उन्मुक्तिले उनका बुवालाई सघाउने

फाइल तस्बिर


नेपालखबर
असोज २६, २०७९ बुधबार ९:४४, काठमाडौँ

टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल सजाय भोगिरहेका रेशम चौधरीको पनि उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले उनका बुवालाई समर्थन गर्ने भएको छ। 

नेकपा माओवादी केन्द्रका सुरेश पन्थको उजुरीबाट बर्दिया क्षेत्र नम्बर २ मा उठेका रेशमको उम्मेदवारी खारेजीमा परेपछि नागरिक उन्मुक्तिले उनका बुवालाई समर्थन गर्ने निर्णय लिएको हो। 

आफ्नो उम्मेदवारी खारेज हुने डरका कारण रेशमले आफ्ना पिताका नाममा पनि उम्मेदवारी दर्ता गराएका थिए ।  

नागरिक उन्मुक्तिले अब रेशमका बुवा लालवीरलाई समर्थन गर्ने निर्णय लिएको अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिएकी छन्। 

२०७४ को आमनिर्वाचनमा लालवीर कैलाली क्षेत्र नम्बर १ मा नेकपा (एमाले) बाट प्रदेशसभा सदस्य उम्मेदवार भएका थिए। 

निर्वाचन अधिकृतको कार्यालय बर्दियका निर्वाचन अधिकृत नगेन्द्र लम्सालले चौधरीको उम्मेदवारी दुईवटा कारण खारेज भएको बताए। 

लम्सालका अनुसार चौधरी २०७४ फागुन १४ देखि निरन्तर कैदमा रहेको पत्र काठमाडौंस्थित डिल्लीबजार कारागारले पठाएको थियो।

त्यसैगरी उच्च अदालत डोटीले पनि रेशम दोषी ठहर भएको पत्र पठाएको थियो। त्यहीकारण रेशम प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १३ (झ) अनुसार उम्मेदवारका लागि अयोग्य भएको उनले बताए।

टीकापुर हत्याकाण्डका अर्का दोषी लक्ष्मण थारुको उम्मेदवारी पनि खारेजीमा परेपछि कैलाली क्षेत्र नम्बर ५ मा नागरिक उन्मुक्तिले स्वतन्त्र उम्मेदवार जगदीश चौधरीलाई समर्थन गर्ने निर्णय लिएको छ

लक्ष्मण रेशमसँगै टीकापुर घटनामा दोषी ठहर भएपछि सरकारको फरार सूचीमा रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .