संघीय राजधानीको मुटु मानिने काठमाडौं क्षेत्र नम्बर १ विशेष चर्चामा रहेको क्षेत्र हो।
विवेकशील साझा पार्टी छाडेर राप्रपाको उम्मेदवार बनेका रवीन्द्र मिश्र र कांग्रेसका शीर्ष नेतामध्ये प्रकाशमान सिंहबीचको चुनावी प्रतिस्पर्धाका कारण पनि यो क्षेत्र चर्चामा छ।
त्यति मात्रै होइन, नेकपा एमालेका युवा नेता किरण पौडेल, घण्टी चिन्ह लिएर उठेका पुकार बमदेखि पूर्वडीआइजी रमेश खरेलसम्म यही क्षेत्रबाट चुनावी मैदानमा रहेकाले धेरैको ध्यान तानेको छ।
काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि ३२ जना चुनावी मैदानमा उत्रिएका छन्। विभिन्न दलका २१ उम्मेदवार छन् भने ११ जना स्वतन्त्र उम्मेदवारका रुपमा मैदानमा खडा भएका छन्।
दलगत रुपमा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, राप्रपा नेपाल, लोसपा नेपाल, नेमकिपा, हाम्रो नेपाली पार्टी, मौलिक जरोकिलो पार्टी आदिले काठमाडौं १ मा उपस्थिति जनाएका छन्।
वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले नेपालका लागि नेपाली पार्टीबाट उम्मेदवारी दिएका छन्। पूर्वडीआइजी रमेश खरेलले नेपाल सुशासन पार्टीबाट उम्मदेवारी दिएका छन्। र
वीन्द्र मिश्रले पार्टी छाडे पनि विवेकशील साझाले यसमेत यस क्षेत्रबाट उम्मेदवारी दिएको छ। लौरो चिन्ह पाएको हाम्रो नेपाली पार्टीले डम्बर साहुलाई उम्मेदवार बनाएको छ।
काठमाडौं १ बाट डा. सीके राउतको जनमत पार्टीले समेत उम्मेदवारी दिएको छ।
विगतमा प्रकाशमान सिंहविरुद्ध लगातार उम्मेदवारी दिँदै आएका हरिबोल भट्टराईका छोरा यसपटक बीपी कांग्रेसबाट चुनावी मैदानमा छन्।
हेर्नुहोस् काठमाडौं क्षेत्र नम्बर १ का ३२ उम्मेदवारको सूची–
Shares
प्रतिक्रिया