ad ad

राजनीति


काम गर्न नसके राजीनामा दिएर बसौं, खल्तीमा पत्र नबोकौँ : सांसद झा

काम गर्न नसके राजीनामा दिएर बसौं, खल्तीमा पत्र नबोकौँ : सांसद झा

नेपालखबर
असार ४, २०८१ मंगलबार १६:२७, काठमाडौँ

जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले मन्त्रीहरूलाई खल्तीमा राजीनामा लिएर नहिँड्न आग्रह गरेकी छिन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँडेको अभिव्यक्ति दिएको सुनेर आफूलाई दुःख लागेको बताइन्। मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँड्नु राम्रो नभएको बताउँदै उनले मन्त्री भएर राम्रो काम गर्न नसके राजीनामा दिएर निस्कन आग्रह पनि गरिन्।

‘गृहमन्त्रीलाई अस्ति एनजिओको खाजा खानुभएन त्यसको लागि म धन्यवाद दिन चाहन्छु। र गृहमन्त्रीले सय दिनको समिक्षा गर्नुभयो, त्यसमा के भन्नुभयो भने राम्रो काम गरेको छैन भने केही नराम्रो कामपनि गरेको छैन,’ उनले भनिन्, ‘त्यसको लागि पनि म धन्यवाद दिन चाहन्छु। कुनै मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँडेको सुनेर मलाई दुःख लाग्यो। त्यो राम्रो कुरा होइन। यदि हामी मन्त्रिपरिषद्मा छौँ भने राजीनामा लिएर नहिँडौँ। मन्त्री भएर बसौँ। राम्रो काम गरौँ। काम राम्रो गर्नुछैन भने राजीनामा दिएर निस्कौँ। खल्तीमा लिएर नहिँडौँ। कोही मन्त्री होस्। कुनै पार्टीको मन्त्री होस्।’

उनले राजदुतको पदलाई राजनीतिक भागबण्डा गर्नु नहुने बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .