राजनीति


सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
असोज २५, २०७९ मंगलबार १२:८, काठमाडौँ

सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ। 

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन र सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालबारे छलफल गर्न बैठक बस्न लागेको हो। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बैठक बोलाइएको छ। 

बैठकमा सत्ता गठबन्धनमा रहेका दलहरुबाट प्रतिनिधिसभा र प्रदेशसभामा परेको बागी उम्मेदवारी र जसपाबाट सरकारमा रहेका मन्त्रीहरुका बारेमा छलफल हुने बताइएको छ। 

जसपाले सत्ता गठबन्धन छाडेर प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल गरेका कारण उक्त पार्टीका मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गर्ने वा बर्खास्त गर्ने भन्ने बारेमा छलफल हुने बताइएको छ। 

एमालेसँग चुनावी तालमेलमा रहेको जसपाबाट प्रदीप यादव वन, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा समान्य प्रशासन र मृगेन्द्रकुमार सिंह कृषिमन्त्री छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad