ad ad

खेल


नवौँ खेलकुद : महिला क्रिकेटमा एपीएफले जित्दा बागमतीको पहिलो हार

नवौँ खेलकुद : महिला क्रिकेटमा एपीएफले जित्दा बागमतीको पहिलो हार

नेपालखबर
असोज २५, २०७९ मंगलबार १२:४०, पोखरा

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा विभागीयटोली एपीएफ क्लबले विजयी सुरुवात गर्दा बागमती प्रदेशले पहिलो हार भोगेको छ। 

एपीएफले बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो। 

बागमती प्रदेशले दिएको ९० रनको लक्ष्य एपीएफले १९.१ ओभरमा ६ विकेट गुमाएर सहजै भेट्टायो। 

बागमतीले पहिलो खेलमा सुुदुरपश्चिम प्रदेशलाई ८ विकेटले हराएको थियो। 

रोमा थापा र ममता चौधरीले पाँचौँ विकेटका लागि ३२ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए। लामो सट खेल्ने धुनमा रहेकी रोमा थापा २२ रन जोड्दा सुमन खतिवडाको बलमा विन्दा कटवालबाट क्याच आउट हुन पुगिन्। 

उनले ३५ बलमा १ चौका प्रहार गर्नि। ६.६ ओभरमा एपीएफ ४ विकेट गुमाएर ३१ रनको अवस्थामा थियो। 

ममता चौधरीले १७ रन थपिन्। २७ बलको सामना गरेकी चौधरी सुमन खतिवडाको बलमा आरती विडारीको हातबाट क्यच आउट भइन्। 

एपीएफकी नेरी थापा १६ र राजमति चौधरी ४ रनमा नटआउट रहे। नेरीले १८ बलमा १ चौका हानिन्। 

कप्तान सीता राना मगर १६ रन जोड्दा बोल्ड आउट हुँदै पवेलियन फर्किईन्। १० बलको सामना गरेकी सीताले २ चौका र १ छक्का हानिन्। 

सीताले प्रतियोगिताकै पहिलो छक्का हानेकी हुन्। इन्दु बर्मा ५ रन बनाउँदा रन आउट भइन्। ओपनर ज्योति पाण्डे १ तथा सरिता मगर शुन्य रनमा पवेलयिन फर्किए।  

बागमती प्रदेशका लागि सोनी पाख्रिन र सुमन खतिवडाले समान २ विकेट झारे। अस्मिना कर्माचार्यले  १ विकेट झारिन्। 

त्यसअघि पोखरा रगंशालास्थित क्रिकेट मैदानमा एपीएफले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बागमती प्रदेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८९ रनको योगफल तयार पारेको थियो।  

बागमतीका कप्तान अस्मिना कर्माचार्य १९ र सोनी पाख्रिन ३ रनमा नटआउट रहे। अस्मिनाले ३६ बलको सामना गरिन्। 
सुमन खतिवडा १९ रन जोड्दा एलबी डब्लु धरापमा परिन्। २० बलको सामना गरेकी उनले २ चौका हानिन्। 

ओपनर अस्मिता खरेल ६ र कञ्चन श्रेष्ठ २ रनमा रनआउट भए। बिन्दा कट्वाल ७ रनमा रनआउट भइन्।

आरती विडारी ७ र हेलिसा गुरुङ ५ रनमा बोल्ड आउट भए। अनिसा माझकोटी १ रनमा रनआउट भइन्। 

एपीएफका लागि नेरी थापा, रेखा रावल र इन्दु बर्माले समान १ विकेट झारे।  

आजै हुने दोस्रो खेलमा गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश खेल्नेछन्। दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रनेछन्। 

गण्डकी प्रदेश पहिलो खेल मधेस प्रदेशसँग ४० रनले तथा सुदुरपश्चिम बागमतीसँग ८ विकेटले पराजित भएका थिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .