टिकट नपाएपछि एमाले छाडेका झापाका हरी रानालाई माओवादीले उम्मेदवार बनाएको छ। माओवादीले उनलाई झापा–२ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि टिकट दिएको हो।
झापा–२ मा दाबी गर्दै आएका रानालाई एमालेले टिकट नदिएपछि माओवादीले उनलाई उम्मेदवार बनाएको छ।
उनी आज मात्रै माओवादी प्रवेश गरेको माओवादी प्रदेशका कोषाध्यक्ष गगन पुरीले बताए।
माओवादी प्रवेश गरेका राना यस अघि अर्जुनधारा नगरपालिका झापाका मेयर थिए। यस क्षेत्रमा माओवादीले धर्म चापागाईंलाई उम्मेदवार बनाउने तयारी थियो।
159
Shares

प्रतिक्रिया