नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा आयोजक गण्डकी प्रदेशले जितका लागि ७८ रनको लक्ष्य पाएको छ।
पोखरा रगंशालाभित्र रहेको क्रिकेट स्टेडियममा जारी खेलमा गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ७७ रनको योगफल तयार पारेको हो।
मधेश प्रदेशलाई कम स्कोरमा रोक्न गण्डकी प्रदेशकी आकृति तिवारी एक्लैले ३ विकेट लिइन्। उनले ३ आफ्नो स्पेलमा १२ रन दिइन्। कुसुम गोदारले दुई तथा सृष्टि जैसी र शिला क्षत्रीले समान एक विकेट झारे।
मधेश प्रदेशकी सरस्वती कुमारीले सर्वाधिक १५ रनको योगदान दिइन्। सरस्वती १५ र रोजी कडारी ९ रनमा नटआउट रहे।
साना प्रविन र एलिसा यादवले समान १४ रन थपे। सन्तोषी चौधरी र शान्ती चौधरीले समान ८ रन बनाए। गोमा आले १ रनमा रनआउट भइन्। कप्तान कविता गौतम, अनुराधा चौधरी, सबनम खातुन शुन्य रनमा आउट भए।
ओसिलो मैदानका कारण खेल म्याटमा खेलाइएको छ। ओसिलो मैदानका कारण ढिला गरि सुरु भएको खेलमा दुवै टोलीको सहमतिमा म्याटमा खेल खेलाइएको हो।
Shares
प्रतिक्रिया