ad ad

राजनीति


काठमाडौं २ मा माओवादीबाट ओनसरी घर्ती उम्मेदवार

काठमाडौं २ मा माओवादीबाट ओनसरी घर्ती उम्मेदवार

नेपालखबर
असोज २३, २०७९ आइतबार १०:१०, काठमाडौँ

माओवादी केन्द्रबाट काठमाडौं २ मा पूर्वसभामुख ओनसरी घर्ती मगर उम्मेदवार बन्ने भएकी छन्।

माओवादीले गठबन्धनबाट आफ्नो भागमा परेको काठमाडौं २ मा स्थायी कमिटी सदस्य घर्तीलाई उम्मेदवार बनाउने भएको हो।

गठबन्धनमा काठमाडौं २ एकीकृत समाजवादीको भागमा पर्ने चर्चा हुँदा निर्वाचन नलड्ने मुड बनाएकी घर्ती यो क्षेत्र माओवादीको भागमा परेपछि उम्मेदवार बनेकी हुन्।

अध्यक्ष प्रचण्डलाई भने उनले समानुपातिकमा नबस्ने तर प्रत्यक्षमा चुनाव लड्ने बताएकी थिइन्। 

२०७० को निर्वाचनमा रोल्पा २ बाट निर्वाचित भएकी घर्ती त्यसपछि उपसभामुख र २०७२ मा सभामुख भएकी थिइन्। २०७४ मा उनी समानुपातिक तर्फबाट सांसद बनेकी हुन्। 

अन्तरिम संसद र पहिलो संविधानसभामा सांसद रहेकी घर्ती त्यसबेला खेलकुद मन्त्री बनेकी थिइन्।

जनयुद्धको समयमा माओवादी जनसेना र पार्टीको इन्चार्ज भएर उनले सोलुखुम्बु, काभ्रे र ललितपुरसहितका पूर्वी जिल्लामा समेत काम गरेकी थिइन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .