मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा नेकपा एमालेको समर्थनमा संघीय संसदका लागि प्रतिस्पर्धा गर्न तयार भएका छन्।
एमालेको चियापानमा कमल थापा अतिथि, मकवानपुर १ मा घरदैलो गर्दै
करिब १ महिनादेखि मकवानपुर १ मा केन्द्रित रहेका थापालाई अन्तत एमालेले समर्थन दिएको हो। यसअघि एमालेले झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि समर्थन गर्ने निर्णय लिइसकेको छ।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले एमालेको समर्थन लिएर अध्यक्ष थापा प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गर्न तयार भइसकेको नेपालखबरलाई बताए।
थापा यसअघि २०७४ मा राप्रपा अध्यक्ष हुँदा मकवानपुरमा नेकपा एमालेका कृष्णप्रसाद दाहालसँग पराजित भएका थिए। यस पटक उनी राप्रपा नेपालको अध्यक्षका रुपमा गृहजिल्लामा पुगेर चुनावी मैदानमा उत्रिएका हुन्।
Shares

प्रतिक्रिया