ad ad

राजनीति


प्रदेशसभाको टिकट नपाएपछि कञ्चनपुरका दुई नेताले छाडे एमाले

प्रदेशसभाको टिकट नपाएपछि कञ्चनपुरका दुई नेताले छाडे एमाले

नेपालखबर
असोज २२, २०७९ शनिबार १८:२३, कञ्चनपुर

कञ्चनपुरमा प्रदेश सभा सदस्य उम्मेदवारको टिकट नपाएका एमालेका दुई नेताले पार्टी छाडेका छन्। 

एमालेको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य जयराज पाण्डेय र टेक बहादुर हमालले शनिबार पत्रकार सम्मेलन गरेर पार्टी छोडेको घोषणा गरेका हुन्। 

एमालेले कञ्चनपुर क्षेत्र नं २ (१) मा  राष्ट्रिय युवा संघका निवर्तमान अध्यक्ष बचन बहादुर सिंहलाई टिकट दिएपछि उनीहरु दुबै जना असन्तुष्ट भएका थिए। 

एमाले जिल्ला कमिटीबाट पाण्डेय र हमाल सहितको नाम टिकटका लागि प्रदेश कमिटीमा सिफारिस भएको थियो।

उनीहरुले संघको टिकटका लागि सिफारिस सिंहलाई पार्टीले आफ्नै विधि मिचेर प्रदेशको उम्मेदवार बनाएको भन्दै पार्टी छोडेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .