राजनीति


सभामुखले सरकारी निवास छाडेर कौशलटार सरे

सभामुखले सरकारी निवास छाडेर कौशलटार सरे

फाइल तस्बिर


नेपालखबर
असोज २२, २०७९ शनिबार १४:५२, काठमाडौँ

सभामुख अग्नि सापकोटाले सरकारी निवास छाडेका छन्।

आइतवार प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन हुने भएपछि सासपकोटाले सरकारी निवास छाडेका हुन्।

सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा नउठ्ने घोषणा गरेका सभामुख सापकोटा शनिबार आफ्नै डेरा सरेका हुन्। 

प्रतिनिधिसभामा नउठ्ने घोषणा गरेका उनको पदावधि नयाँ सभामुख नआउन्जेल कायम रहन सक्छ।

यद्यपि यसाबरेमा अदालतले निर्णय लिने उनले बताएका छन्। 

शनिबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर उनले आगामी मंसिर ४ गते हुन लागेको चुनाव नलड्ने घोषणा गरेका थिए।

उनी पहिलो र दोस्रो संविधान सभा निर्वाचन तथा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सिन्धुपाल्चोक १ बाट विजयी भएका थिए। 

उनले युवाहरुलाई अघि बढाएर नेतृत्व विकास गर्न आफूले चुनावमा नउठ्ने घोषणा गरेको बताएका छन्। 

उनी नउठ्ने भएपछि उनको ठाउँमा माधव सापकोटालाई माओवादीले टिकट दिने भएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .