ad ad

राजनीति


एकल सिफारिस भएका भीम रावलले टिकट पाएनन्, यी हुन् सुदूरपश्चिममा एमालेका उम्मेदवार

एकल सिफारिस भएका भीम रावलले टिकट पाएनन्, यी हुन् सुदूरपश्चिममा एमालेका उम्मेदवार

फाइल फोटो


नेपालखबर
असोज २१, २०७९ शुक्रबार १९:४५, काठमाडौँ

अछाम क्षेत्र नम्बर १ का लागि स्थानीय कमिटीबाट एकल सिफारिस भएका नेता भीम रावललाई नेकपा एमालेले टिकट दिएन।

एमालेले अछाम क्षेत्र नम्बर १ मा जित्दै आएका रावललाई टिकट नदिएर माओवादीबाट आएका झपट बोहोरालाई प्रतिनिधिसभाका लागि उम्मेदवार बनाउने भएको छ।

दशौँ महाधिवेशनमा आफूलाई चुनौती दिएदेखि रुष्ट बनेका अध्यक्ष केपी शर्मा ओलीले रावलको टिकट खोसिदिएका हुन्।

स्थानीय कमिटीबाट एकल सिफारिस भएका अन्य नेताहरुले भने एमालेको टिकट पाएका छन्। तर ओलीलाई चुनौती दिएर संसदमा समेत संसदीय दलको ह्विपविपरीत बोल्दै आएका रावललाई एमालेले टिकट नदिएको हो।

तत्कालीन अवस्थामा माधव नेपालसँग रहेर ओलीविरुद्ध आन्दोलन छेडेका १० भाइमध्ये एक रावलसँग ओलीको सम्बन्ध अहिले पनि राम्रो छैन। ओलीले आफूसँग प्रतिस्पर्धा गर्न उत्रिएकै आधारमा प्रतिशोध साँधेर टिकट नदिएको रावलनिकटहरुले बताएका छन्।

सुदूरपश्चिमममा
अछाम १ सँगै एमालेले सुदूरपश्चिमका १५ निर्वाचन क्षेत्रमा संघीय संसदका लागि उम्मेदवार तय गरेको छ। अध्यक्ष ओ‍लीले पार्टी कमिटीले दिएको जिम्मेवारीअनुसार १५ निर्वाचन क्षेत्रका उम्मेदवार छानेका हुन्।

कुन क्षेत्रबाट को?
एमालेले बझाङमा ऐन महर, दार्चुला गणेश ठगुन्ना र बैतडीमा दामोदर भण्डारी लाई उम्मेदवार बनाएको छ । त्यस्तै डोटीमा गौरी ओली र बाजुरामा कर्णबहादुर थापा प्रतिनिधिसभाको लागि उम्मेदबार बन्ने भएका हुन् ।

एमालेका उम्मेदवार

बाजुरा
प्रतिनिधिसभा
कर्णबहादुर थापा
प्रदेशसभा
लालबहादुर थापा
बलदेव रेग्मी

बझाङ
प्रतिनिधिसभा
ऐन महर
प्रदेशसभा
अफिलाल ओखेडा
एलबी रावल

दार्चुला
प्रतिनिधिसभा
गणेश ठगुन्ना
प्रदेशसभा
हर्देब जोशी
रामदत्त जोशी

बैतडी
प्रतिनिधिसभा
दामोदर भण्डारी
प्रदेशसभा
सुरेन्द्र पाल
लीलाधर भट्ट

डडेलधुरा
प्रतिनिधिसभा
कांग्रेस बीपी
प्रदेशसभा
पठानसिंह बोहोरा
गजेन्द्र शाही

डोटी
प्रतिनिधिसभा
गौरी ओली
प्रदेश सभा
चक्र मल्ल
टेकबहादुर बम

अछाम-१
प्रतिनिधिसभा
झपट बोहोरा
प्रदेशसभा
कृष्णप्रसाद जैशी
देवबहादुर कुँवर

अछाम-२
प्रतिनिधिसभा
यज्ञ बोगटी
प्रदेश सभा
भीम विष्ट
शिव उपाध्याय

कञ्चनपुर-१
प्रतिनिधिसभा
तारा लामा
प्रदेशसभा
पल्लबराज भट्ट
वीरबहादुर थापा

कञ्चनपुर-२
प्रतिनिधिसभा
नरबहादुर धामी
प्रदेशसभा
कृपाराम राना
बचन सिंह

कञ्चनपुर-३
प्रतिनिधिसभा
नीरुदेवी पाल
प्रदेशसभा
सुरेन्द्र विष्ट
तालमेल गर्ने

कैलाली-१
प्रतिनिधिसभा
टपेन्द्र रावल
प्रदेशसभा
द्वारिका न्यौपाने
तालमेल 

कैलाली-२
प्रतिनिधिसभा
झपट रावल
प्रदेशसभा
कमला वली
डेजी पाण्डे

कैलाली-३
प्रतिनिधिसभा
गौरीशंकर चौधरी
प्रदेशसभा
जयनारायण जोशी
तालमेल 

कैलाली-४
प्रतिनिधिसभभा
लेखराज भट्ट
प्रदेशसभा
भीमबहादुर देउवा
हरिसिंह साउद

कैलाली-५
प्रतिनिधिसभा
नारदमुनि राना
प्रदेशसभा
यज्ञ बास्तोला
दुर्गा जोशी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .