नेकपा एमालेले चितवन क्षेत्र नं.२ मा निवर्तमान सांसद कृष्णभक्त पोखरेललाई उठाउने भएको छ।
तत्कालीन अवस्थामा माधवकुमार नेपालको पक्षमा लागेर एमालेमै बसेका पोखरेललाई नै अध्यक्ष केपी शर्मा ओलीले विश्वास गरेका हुन्।
उनी २०७० सालको संविधानसभामा साविक क्षेत्र नं.३ हालको क्षेत्र नं.२ र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नं.२ बाट विजयी भएका थिए।
उनले एमालेबाट टिकट पाएपछि आफूले जित निकाल्ने बताएका छन्। स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले इच्छाकामनाको अध्यक्ष, उपाध्यक्ष, कालिका नगरपालिकाको मेयर र उपमेयर जितेकाले संसदीय चुनाव सहज भएको उनले बताएका छन्।
336
Shares
प्रतिक्रिया