महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यसमिती सदस्य सुनिल झा 'रोहित' नेकपा एमालेमा प्रवेश गरेका छन्।
उनीसँगै तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका महासचिव इन्जिनियर देवेन्द्र कुमार यादव पनि एमालेमा प्रवेश गरेका छन्।
उनीहरु दुवैजनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले निजी निवास बालकोटमा शुक्रबार एक कार्यक्रम गरेर पार्टीमा स्वागत गरेका छन्।
पछिल्लो समय मधेश प्रदेशबाट जनता समाजवादी र लोसपाका नेताहरु धमाधम एमालेमा प्रवेश गरिरहेका छन्।
एमालेले मधेशमा आफ्नो पकड बलियो बनाउने क्रममा यी दुई दलबाट ५ जना बढी संघ र प्रदेश सांसदसहित उच्च तहका नेतालाई भित्र्याइसकेको छ।
132
Shares
प्रतिक्रिया