ad ad

राजनीति


मा‌ओवादीले रुकुममा प्रदेशका दुवै सिट नछाड्ने, कांग्रेसलाई दिइए परिणाम अर्कै हुने चेतावनी

मा‌ओवादीले रुकुममा प्रदेशका दुवै सिट नछाड्ने, कांग्रेसलाई दिइए परिणाम अर्कै हुने चेतावनी

नेपालखबर
असोज १४, २०७९ शुक्रबार १५:१०, काठमाडौँ

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले २०७४ मा आफूले जितेका संघ र प्रदेश दुवैतर्फ गठबन्धनका अन्य दललाई दिन नसकिने अडान राखेको छ।

माओवादी रुकुम पश्चिमका जिल्ला संयोजक सिट बाँडफाँड कार्यदलललाई एक पत्र लेख्दै २०७४ मा जितेका सबै सिट छाड्न नसकिने अडान राखेका हुन्। 

'प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँडको लागि गठबन्धन दलहरुले यसअघि जितेका क्षेत्रहरु यथावत राखी अन्य क्षेत्रमा मात्र भागबण्डा मिलाउने भनी यसअघि निर्धारण गरिएको मापदण्ड अनुसार नै सिट बाँडफाँट सम्बन्धी निर्णय गर्न नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिम जोडदार माग गर्दछ', रोकाले भनेका छन्, 'अन्यथा भएमा रुकुम पश्चिममा त्यसको परिणाम अनपेक्षित हुनसक्नेतर्फ सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ।'

२०७४ को निर्वाचनमा माओवादीले एमालेसँगको गठबन्धनबाट संघीय संसदसहित प्रदेश क र ख दुवै सिट जितेको थियो।

यस्तोमा गठबन्धनले प्रदेशतर्फको २ मध्ये एउटा सिट कांग्रेसलाई दिने रणनीति बनाएपछि माओवादी जिल्ला नेतृत्वले विद्रोहको चेतावनी दिएको हो। 

गठबन्धन दलबीच पनि यसअघि जसले जितेको हो त्यो क्षेत्र सम्बन्धित दलले राखेर अन्य क्षेत्रमात्रै बाँड्ने सहमति भएको हो। त्यही सहमतिअनुसार निर्णय नभए निर्वाचन परिणाम नै अनपेक्षित हुन सक्ने चेतावनी माओवादी रुकुम पश्चिमले दिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .