ad ad

राजनीति


कांग्रेस नेता नै भन्छन् : आफ्नै पार्टीविरुद्ध उम्मेदवारी दिने परिस्थिति आउँदैछ

कांग्रेस नेता नै भन्छन् : आफ्नै पार्टीविरुद्ध उम्मेदवारी दिने परिस्थिति आउँदैछ

कोइराला पक्षको चियापानमा सहभागी नेताहरु। तस्बिर : नेपालखबर


नेपालखबर
असोज १३, २०७९ बिहिबार १३:३३, काठमाडौँ

नेपाली कांग्रेस नेता खेमराज केसीले समानुपातिक तर्फको उम्मेदवार सिफारिसमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै आपत्ति जनाएका छन्। 

काठमाडौंस्थित एक होटलमा बिहीवार कांग्रेसको डा. शेखर कोइराला पक्षद्वारा आयोजित चियापान र दशैँ, तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै उनले यसो भनेका हुन्। 

उनले अझै पनि सूची संशोधन गरी समानरुपमा टिकट वितरण गर्नसके नेपाली कांग्रेसले आगामी निर्वाचनबाट दुईतिहाइको सरकार बनाउन सम्भव रहेको बताए। 

केसीले पार्टीमा नातागोता र आफन्तवादलाई हेर्दा न्यायोचित टिकट वितरण हुन नसकेको बताए। 

नेता केसीले न्यायोचित टिकट वितरण नभएको खण्डमा आफ्नै पार्टीविरुद्धमा उम्मेदवारी दिनुपर्ने स्थिति आउनसक्ने चेतावनी दिए।

‘दुईतिहाइ आउन कांग्रेसले मिहिनेत गर्नुपर्छ, टिकट वितरण प्रणालीमा निष्ठावान, त्यागी र ज्येष्ठ सदस्यहरुलाई प्राथमिकता दिनुपर्छ। जसले पार्टीमा विशिष्ट योगदान गरेका छन्, तिनलाई टिकट दिए यो सम्भव छ। कतिपय कुरा पार्टीमा आफ्नो नातागोता हेर्ने गरिन्छ, त्यो पद्धतिलाई त्यागेर, एकनासले गहन रुपमा वितरण गर्नुपर्छ', उनले भने, 'न्यायोचित टिकट वितरण भए कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्न सक्दछ। न्यायोचित रुपमा संस्थापन र संस्थापन इतर पक्षले अत्यन्त संयम भएर एकै ठाउँमा बसेर टिकट वितरण गरेको खण्डमा यो सम्भव छ, तर न्यायोचित टिकट वितरण नभए त्यो परिस्थिति नआउला भन्न सकिँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .