राजनीति


संविधानसभा सदस्य नरेन्द्र साह माओवादी केन्द्रमा प्रवेश, सर्लाही ३ बाट चुनाव लड्ने

संविधानसभा सदस्य नरेन्द्र साह माओवादी केन्द्रमा प्रवेश, सर्लाही ३ बाट चुनाव लड्ने

नेपालखबर
असोज १३ , सर्लाही

संविधानसभा सदस्य नरेन्द्र साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। 

बुधबार राति प्रचण्ड निवास खुमलटारमा आयोजित कार्यक्रममा उनी माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साहलाई खादा र अबिर लगाएर आफ्नो पार्टीमा भित्र्याएका छन्। संघीय निर्वाचनमा सर्लाही ३ मा प्रत्यक्ष चुनाव लड्न टिकट पाउने निश्चित भएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेका स्रोतले जनाएको छ। 

सत्ता गठबन्धनबीच सर्लाही ३ माओवादी केन्द्रले पाउने सहमति भैसकेको छ। प्रमुख प्रतिपक्षी एमालेले यस क्षेत्रमा संविधान सभा सदस्य हरि उप्रेतीलाई उम्मेदवार बनाउने तयारी गरेको छ।

कार्यक्रममा माओवादी नेता मातृका यादव, केन्द्रीय सदस्य माया बल, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी लगायतको सहभागिता थियो।

साह सर्लाहीको बरहथवा नगरपालिका लौकटका स्थायी बासिन्दा हुन्। 

०७० को निर्वाचनमा साह महेन्द्र राय यादव नेतृत्वको तत्कालीन तराई मधेश सद्भावना पार्टीबाट समानुपातिक कोटामा सांसद बनेका थिए। ०७४ को निर्वाचनमा उनले स्वतन्त्रबाट सर्लाही ३ मा संघीय चुनाव लडेका थिए। 

त्यतिबेला माओवादी केन्द्रका रामेश्वर राय यादव विजयी हुँदा गुलाब चिह्नमा चुनाव लडेका साह तेस्रो भएका थिए। दोस्रो मत कांग्रेस उम्मेदवारले ल्याएका थिए।

त्यतिबेला विजय गच्छदार नेतृत्वको पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका यादवले टिकट पाउने निश्चित भएपछि साह माओवादीमा प्रवेश गरेनन्।

‘टिकट पाएको भए त्यतिबेलै साह माओवादी केन्द्रमा प्रवेश गर्ने थिए,’ माओवादीका एक नेताले भने, ‘प्रचण्डले रामेश्वर रायलाई टिकट दिएपछि साहले त्यतिबेला स्वतन्त्र उम्मेदवारी दिएका हुन्।’

स्रोतका अनुसार माओवादी नेता मातृका यादव ०७४ मा रामेश्वरलाई नभएर साहलाई पार्टी प्रवेश गराएर टिकट दिन चाहन्थे। तर, सर्लाहीका माओवादी नेताहरुले मातृकाको कुरा नमान्दा त्यतिबेला रामेश्वरले टिकट पाएका थिए। 

गएको स्थानीय तह निर्वाचनमा आफ्नै गाउँपालिका चक्रघट्टमा रामेश्वरका छोरा विक्रम यादव अध्यक्षमा हारेपछि माओवादी नेतृत्व रामेश्वरलाई टिकट नदिने निष्कर्षमा पुगेको एक नेताले जानकारी दिए। 

प्रत्यक्षमा टिकट पाउने सम्भावना नदेखेपछि यादवले आफ्नो नाम समानुपातिकमा राखेका स्रोतको भनाइ छ।  

सर्लाही ३ मा माओवादीबाट अच्युतम काफ्ले, रामेश्वर राय यादव, राजकुमार यादवलगायत नेता प्रत्यक्ष चुनाव लड्न टिकटको आकांक्षी छन्। 

‘तर, आकांक्षीमध्ये काफ्ले र रामेश्वरले आफ्नो समर्थन नरेन्द्र साहलाई जनाइसकेका छन्,’ ती नेताले भने, ‘उहाँहरुले प्रचण्डसँग आफूहरुसँग चुनाव लड्ने पैसा छैन भनेपछि चुनाव लड्न पैसावाला मान्छे पार्टी प्रवेश गरेका हुन्।’ 

अर्बौं सम्पत्तिका मालिक साहको देश-विदेशमा व्यापार छ। उनको मुख्य आम्दानीको स्रोत क्यासिनो हो। साहले ०७४ मा स्वतन्त्रबाट चुनाव लड्दा सर्लाहीमा १०औँ करोड रुपैयाँ खर्च गरेको चर्चा छ। 

चुनावमा हारेपछि पनि उनले सर्लाहीका गाउँगाउँमा कम्बलसहितका सामान बाँडेर जनताको मन जित्ने प्रयास गरेका थिए।

असोज १३, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad