ad ad

राजनीति


बागमती मुख्यमन्त्री राजेन्द्र र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक

बागमती मुख्यमन्त्री राजेन्द्र र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक

फाइल तस्बिर


नेपालखबर
असोज १३, २०७९ बिहिबार ८:२३, काठमाडौँ

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ। आमा मनमाया पाण्डेको बिहीबार (१३ असोज) बिहान निधन भएको हो। 

कान्छा भाइ दीपेन्द्रले बिहान ४ः१५ बजे फोन गरेर आमाको निधन भएको खबर गरेका सुरेन्द्रले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। 

‘भाई कान्छो ९दिपेन्द्र०ले विहानै ४।१५ वजे फोन गरेर आमा बितेको खवर गर्यो। म भण्डारावाट काठमाण्डौं हिंडे । आज, भोली र पर्सि रत्ननगर, राप्ती र भरतपुरमा तय भएका कार्यक्रममा उपस्थित हुन असमर्थ भएको छु।’ सुरेन्द्रले फेसबुकमा भनेका छन्।

उनी पूर्व निर्धारित कार्यक्रमका लागि चितवनमा रहेका थिए। आमाको निधनको खबरपश्चात चितवनमा रहेका सुरेन्द्र काठमाडौं हिँडेको जानकारी गराएका छन्। 

त्यस्तै, हेटौडामा रहेका मुख्यमन्त्री पाण्डे पनि हेटौंडाबाट काठमाडौं फर्किएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .