ad ad

राजनीति


प्रदेश सभाको भागबण्डा मिलाउन बालुवाटारमा कार्यदल बैठक

प्रदेश सभाको भागबण्डा मिलाउन बालुवाटारमा कार्यदल बैठक

नेपालखबर
असोज १२, २०७९ बुधबार २१:५१, काठमाडौँ

सत्तारूढ गठबन्धनले बनाएको सिट बाडफाट कार्यदलको बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रतिनिधि सभामा लगभग समझदारी जुटाएर प्रदेश क्षेत्र बाँडफाँट सहमति गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो।

बुधबार बिहान ८ः३० बजेदेखि शीर्ष र कार्यदलसहितको बैठक बस्ने भनिए पनि कांग्रेस–माओवादी, नेकपा एकीकृत समाजवादी–कांग्रेस, जनता समाजवादी नेपाल (जसपा)–कांग्रेसले छुट्टाछुट्टै छलफल गरेपछि दिनभर ठोस प्रस्ताव हुन सकेको थिएन।

‘दिनभर अलगअलग बैठक बसेर एक किसिमको क्षेत्र बाँडफाँटबारे समझदारी प्रस्ताव तयार पारेका छौँ, अब संयुक्त बैठकमा त्यसलाई पेश गर्छौं’ कार्यदलका एक सदस्यले नेपालखबरसँग भने, ‘प्रतिनिधि सभाको लगभग टुंगो लगायौँ, अब प्रदेशतिर प्रवेश गर्छौं।’ 

संयुक्त बैठकमा ११ सदस्य नै उपस्थित छन्। शीर्ष नेताहरू भने अहिलेको बैठकमा छैनन्। 

‘प्रदेश क्षेत्र कै बढी मिलाउन बाँकी छ’ उनले भने।

प्रधानमन्त्री निकट स्रोतले फाइनल गर्न शीर्ष नेतालाई बाँकी राखेर आजै सहमति मस्यौदा तयार पार्न लागिएको जनायो।

‘कार्यदलको बैठकले फाइनल गरेर राख्छ, भोलि शीर्ष नेताले अन्तिम रुप दिनुहुनेछ’ स्रोतले भन्यो। 

साउन २० गते कार्यदलले बनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .