ad ad

राजनीति


संघीयता र घर-घरमा सिंहदरबार के हो, कांग्रेसलाई अवसर दिए थाह हुन्छ : प्रकाशमान

संघीयता र घर-घरमा सिंहदरबार के हो, कांग्रेसलाई अवसर दिए थाह हुन्छ : प्रकाशमान

फाइल फोटाे


नेपालखबर
असोज १०, २०७९ सोमबार १८:२१, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीयता भनेको के हो र घर घरमा सिंहदरबार कस्तो हुन्छ भन्ने कुरा कांग्रेसलाई अवसर दिए स्पष्ट हुने बताएका छन्। 

नेपाली कांग्रेस सूर्यबिनायक नगर कार्यसमितिले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै नेता सिंहले सो कुरा बताएका हुन्।

‘संघीयता कस्तो हुन्छ, गाउँगाउँमा सिहदरबार पुग्ने भनेको के हो भन्ने कुरा कांग्रेसलाई अवसर दिए काम गरेर जनतालाई देखाउँछौँ’ उनले भने।

उनले राजनीतिक स्थिरता दिने दल कांग्रेस भएकाले कांग्रेसको पक्षमा मत माग्न गाउँबस्तिमा चाडपर्व सँगै जानसमेत नेता कार्यकर्तालाई निर्देशन दिए।

नेता सिंहले पार्टीका नेता कार्कर्तालाई धैर्यताका साथ राजनीतिमा लाग्न अपिल पनि गरे। 

उनले टिकटका आकांक्षी धेरै भएपनि निर्वाचन क्षेत्र सिमित भएकाले धैर्यतापूर्वक काम गर्न आग्रह गरेका हुन्।

उनले दसैँ, तिहार, छठ र नेपाल सम्वत जतिकै महत्त्वपूर्ण पर्व मुलुकका लागि आउँदै गरेको आम निर्वाचन भएकाले आगामी निर्वाचन भएको भन्दै कार्यकर्तालाई जनताका माझ जान निर्देशन पनि दिए।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले राजनीतिलाई व्यापारिकरण ठान्ने नवधनाढ्यहरुलाई राजनीति सेवा हो भन्ने पाठ सिकाउन आफूहरुले भक्तपुरबाट अभियान थाल्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .