प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका छन्।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा निर्वाचन आचारसंहितासम्बन्धी अन्तर्क्रियामा सहभागी हुन निर्वाचन आयोग पुगेका हुन्।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल र लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झा पुगेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली भने चुनावी कार्यक्रम लिएर आइतवारै गृहजिल्ला झापा पुगेका छन्। उनले त्यहाँ अन्य दलका कार्यकर्तालाई एमालेमा भित्र्याएका छन्।
Shares
प्रतिक्रिया