ad ad

राजनीति


राष्ट्रपतिप्रति लक्षित गर्दै बाबुरामले भने : संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम भयो

राष्ट्रपतिप्रति लक्षित गर्दै बाबुरामले भने : संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम भयो

नेपालखबर
असोज ९, २०७९ आइतबार १६:४५, काठमाडौँ

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उच्चतम तहमा बस्ने व्यक्तिहरुले नै संविधानलाई मिच्ने गरेको बताएका छन्।

आइतवार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

अध्यक्ष भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै उच्चतम तहमा बस्ने व्यक्तिहरुले समेत संविधानलाई मिच्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम गरेको आरोप लगाए।

उनले संघीयतालाई मिच्नेहरुलाई रोक्नका लागि उन्नतप्रकारको लोकतन्त्रको विकास गर्न जरुरी रहेको बताए। उनले नेपाल जस्तो विविधतायुक्त देशमा संघीयता नभइ नहुने भन्दै संघीयतामा गएपनि ठिक ढंगले संविधान बनाउने र अहिले आवश्यक कानून नबनाउँदा बुटी भइरहेको बताए।

अध्यक्ष भट्टराईले संघीयतालाई राम्रोसँग नबुझ्दा उचित काम हुन नसकेको स्वीकार गरे।

भट्टराईले ज्ञान विज्ञानलाई विकसित गर्ने संस्थालाई बेवास्ता गरेर देशले प्रगति गर्न नसक्ने जिकिर गरे।

उनले छिपछिपे र टिपटिपे गफ दिने नेता, आफ्नो एकांकी विज्ञता र प्रशासनिक र नीति निर्माणका ठेक्का लिने कर्मचारीतन्त्र, ३ वर्षमा ३ सय दिन ताला लगाएर तलवभत्ता खाइरहने विश्वविद्यालयका अगुवाहरु, नियुक्तिको खोजीमा दल र नेताका ढोका चाहर्ने बुद्धिजीवि रहेसम्म देशमा ज्ञान उत्पादनको खडेरी हुने दाबी गरे।

अध्यक्ष भट्टराईले ज्ञान र नीति उत्पादन गर्ने संस्थाहरु नोकरसाही नियन्त्रण र हस्तक्षेपबाट मुक्त हुनु आवश्यक रहेको बताए। 

उनले त्रिभूवन विश्वविद्यालयलाई सेन्टर फर एक्सलेन्सको रुपमा विकास गर्ने अवधारणा, नीति अनुसन्धान प्रतिष्ठानको परिकल्पना आफूले गरेको दाबी गरे।

अध्यक्ष भट्टराईले आफूले असोज १ गतेलाई विज्ञान दिवस मनाउने शुरुवात गरेपनि अहिले नागपञ्चमी भन्दै सर्प पूजा गर्न लाग्ने तर विज्ञान दिवस मनाउन छोडेको बताए।

भट्टराईले नेपालमा राष्ट्रिय अनुसन्धान कोष छुट्टै स्थापना गर्न आवश्यक रहेको बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .